पेरिस: भारतीय टेनिस स्टार सुमित नागलले सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनमा प्रभावशाली प्रदर्शन गर्न सकेनन् अनि टुर्नामेण्टमा आफ्नो पदार्पण म्याचमै पराजित भए। नागललाई पुरुष एकलको पहिलो राण्डमा रुसका कारेन खाचनोवले पराजित गरे। विश्व ऱ्याङकिंगमा ९५औं स्थानमा रहने नागलसँग खाचनोवको शक्तिशाली सर्विस र रिटर्न शट्को कुनै जवाफ थिए। निर्णायक सेटमा सामान्य संघर्ष गरे पनि अन्तमा नगाल २-६, ०-६, ६-७ (५-७)-ले पराजित भए। यसअघि नागलले सालको शुरुवातमा अष्ट्रेलियन ओपनमा विश्वका ३१औं नम्बरका खेलाड़ी एलेक्जेण्डर बुब्लिकलाई पराजित गरी सबैलाई चकित पारेका थिए तर यहाँ रातो माटोमा चाहिँ उनले त्यस प्रदर्शनलाई दोहोऱ्याउन सकेनन्। म्याच अघि वर्षा हुँदा कोर्ट सामान्य धीमा भएको थियो, जुन लामो ऱ्यालीहरूको निम्ति आदर्श थियो। भारतीय खेलाड़ीले असल शुरुवात गरे पनि खाचनोवले तेस्रो गेममा नागलको सर्विस ब्रेक गरी लय हासिल गरे। त्यसपछि वर्षाले गर्दा म्याच फेरि २१ मिनटसम्म रोकियो। खेल शुरु भएपछि चाहिँ रुसका खेलाड़ीले असाधारण प्रदर्शन गरे अनि नागललाई कुनै मौका दिएनन्।