सिलगढी: चर्को गर्मीबाट राहत खोजीका क्रममा फुलबारी नहरमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ। मृतकको नाम गणेश सरकार हो। उनको घर फुलबारीको पूर्वी धन्तला जोयनगर कोलोनी क्षेत्रमा छ। चर्को गर्मीबाट राहत पाउन उनी टिस्टा नहरमा नुहाउन ओर्लिएको बताइएको छ। नहरमा नुहाउने क्रममा उनी फेरि बाहिर निस्केनन्।’ स्थानीयले तत्कालै उनका परिवारलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएपछि नयाँ जलपाईगुडी पुलिस थानाले स्थानीय जनताको सहयोगमा घटनास्थलमा पुगेर शव निकालेर पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। घटनापछि सम्पूर्ण क्षेत्रमा शोकको वातावरण छ।