सीपीआइएमले बालीको उचित मूल्यलगायत ८ बुँदे मागसहित जिल्ला गभर्नरलाई बुझाएक ज्ञापनपत्र

IMG-20240528-WA0209.jpg

कोचबिहार: सीपीआईएमको विभिन्न शाखाहरूले आज कोचबिहारको जिल्ला मजिस्ट्रेटको कार्यालय घेराउ गरेर विरोध प्रदर्शन गरे। किसानको बालीको उचित मूल्य, जुट किसानलाई आर्थिक सहयोग, महिलाको सुरक्षालगायत आठ बुँदे माग राख्दै आज जिल्ला अधिकारीको कार्यालय अगाडि विरोध प्रदर्शन गरी जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ।

अखिल भारतीय कृषक सभा, अखिल भारतीय महिला संगठन र सीटुद्वारा आज विरोध कार्यक्रमको आयोजना गरिएको थियो। जिल्ला अधिकारीको कार्यालयमा छिर्न अघि नै प्रहरी प्रशासनले उनीहरुलाई गेटमा रोकेको थियो। सीपीआईएमका विभिन्न शाखाका सदस्यहरूले आफ्ना मागहरूका लागि उग्र रूपमा प्रदर्शन गरे।

त्यसपछि केही सदस्यले जिल्ला प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement