भारत ए र अष्ट्रेलिया ए टीमबीच भिड़न्त तय

IMG-20240528-WA0197.jpg

मेलबर्न: भारत ए टीमले यस सालको अन्तमा हुने प्रतिष्ठित बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीज अघि अष्ट्रेलिया ए टीम विरुद्ध दुईवटा प्रथम श्रेणीको म्याच खेल्नेछ। क्रिकेट अष्ट्रेलिया (सीए)-ले मंगलवार यसबारे जानकारी दियो। सीए-ले बताएअनुसार, पहिलो म्याच ३१ अक्टोबरदेखि २ नोभेम्बरसम्म मकायको ग्रेट बेरियल रीफ एरेनामा खेलिनेछ। यसरी दोस्रो म्याच मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी)-मा ७-देखि १० नोभेम्बरसम्म खेलिनेछ। यी अभ्यास म्याचको साथ दुवै टीमका उदीयमान खेलाड़ीहरूले टेस्ट टीममा स्थान बनाउने दावेदारी पेश गर्न सक्नेछन्। सीए-का क्रिकेट सञ्चालन र कार्यक्रम प्रमुख पीटर रोचले भारत ए र अष्ट्रेलिया ए टीमबीचको यस सीरीजलाई महत्त्वपूर्ण दर्जा दिँदै यी म्याचहरूको माध्यमले दुवै टीमका खेलाड़ीहरूले चयनको निम्ति दावेदारीलाई मजबूत गर्ने अवसर पाउने बताए। उल्लेखनीय छ, भारतले २०२०-२१-मा आफ्नो अष्ट्रेलिया यात्राको अवधि पनि अष्ट्रेलिया ए टीम विरुद्ध म्याच खेलेको थियो। बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको पहिलो म्याच २२ नोभेम्बरदेखि पर्थको अप्टस स्टेडियममा खेलिनेछ। यसपाली १९९१-९२ सीजनपछि पहिलोपल्ट सीरीजमा पाँचवटा टेस्ट म्याच खेलिनेछ। अष्ट्रेलियाले २०१७ पछि एकपल्ट पनि बोर्डर-गावस्कर ट्रफी जितेको छैन। अष्ट्रेलियाले गत चारैवटा सीरीजमा १-२-ले हारको सामना गर्नु परेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement