जलपाईगढी: नगरकाटा ब्लकको सुखानी बस्तीमा सोमबार राति जंगली हात्तीको आक्रमणबाट पाँच घरमा क्षति पुगेको छ। साथै यस घटनाले क्षेत्रमा त्रास फैलिएको छ। राति अबेर जङ्गली हात्तीको समूहबाट छुट्टिएर नजिकैको जलढाका जंगलबाट सुखानी बस्ती क्षेत्रमा हात्ती पसेको बताइएको छ।

हात्ती बस्तीमा प्रवेश गर्ने बित्तिकै हिरालाल लोहार, कपिल भटराई, उत्तम क्षेत्री, रेणु राई र फागु सावतालको घर भत्काएको थियो। घर भत्काएर त्यहाँ राखिएको चामल खान्छ र बाँकी भत्काउन जंगलमा फर्कन्छ। मंगलबार बिहान करिब १० बजे नगरकाटा बीटका बीट अफिसर र स्थानीय पञ्चायतका सदस्यले प्रभावित घरमा पुगे। छिट्टै क्षतिपूर्तिको व्यवस्था गरिने वनकर्मीले बताएका छन्। -न्यूज एसिया
