अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको पुलिसले ठूलो सफलता हात पारेको छ। ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई भुटानी नागरिक पक्राउ परेका छन्। पुलिसबाट प्राप्त जानकारीका अनुसार भारत–भुटान सीमानाका जयगाउँस्थित विवेकानन्द पल्लीमा पुलिसले यी औषधी बरामद गरेको हो।

राति अबेरसम्म लागुऔषध ओसारपसार हुने गरेको गोप्य स्रोतबाट पुलिसले जानकारी दिएको थियो। पुलिसले अचानक छापा मारेर लागुऔषधसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्याब्लेट र कफ सिरप बरामद भएको छ। दुवैलाई आज अदालतमा पेश गरिनेछ। सीमामा तस्करी रोक्न निरन्तर अभियान चलिरहेको पुलिसले जनाएको छ। यस सम्बन्धमा लागुऔषध चक्की, क्याप्सुल र कफ सिरपसहित यी दुवै भुटानी नागरिकलाई पक्राउ गरिएको हो। -न्यूज एसिया