नयाँ दिल्ली: स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले असाधारण फर्मलाई जारी राख्दै सऊदी प्रो लीगको एउटा सीजनमा सर्वाधिक गोल गर्ने खेलाड़ी बने। रोनाल्डोले अल इतिहाद विरुद्ध अल नासरको अन्तिम म्याचमा यस उपलब्धिलाई हासिल गरे। पोर्तुगलका फरवर्डले अल इतिहाद विरुद्ध म्याचमा २ गोल गरे। यसको साथै लीगको जारी सीजनमा उनको गोल संख्या ३५ पुग्यो। यसरी रोनाल्डोले नयाँ रेकर्डको साथ सीजनको समापन गरे। रोनाल्डोलेआफ्नो २ गोलको साथ अल नासरलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

उनले पहिलो हाफको इञ्ज्युरी टाइमको तेस्रो मिनटमा टीमको निम्ति गोलको खाता खोले। त्यसपछि रियल म्याड्रिड र म्यानचेष्टर युनाइटेडका पूर्व खेलाड़ीले ६९औं मिनटमा हेडरद्वारा दोस्रो गोल गरे। यसको साथे उनी सऊदी प्रो लीगको एउटा सीजनमा सर्वाधिक गोल गर्ने खेलाड़ी बने। म्याचमा अल नासरले अल इतिहादलाई ४-२-ले पराजित गऱ्यो। सऊदी प्रो लीगको यस सीजनमा रोनाल्डोको टीम ३४ वटा म्याचमा ८२ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। यसरी अल हिलाल ९६ पोइण्ट्सको साथ लीग च्याम्पियन बन्यो। यस विशेष उपलब्धिपछि रोनाल्डोले सोशल मीडियामा एउटा पोस्टको माध्यमले आफ्नो प्रतिक्रिया दिएका छन्। रोनाल्डोले आफ्नो तस्वीरहरू शेयर गरेर लेखेका छन्, म रेकर्डको पछि दगुर्दिन, रेकर्ड मेरो पछि दगुर्छ।

सऊदी प्रो लीगको एउटा सीजनमा सर्वाधिक गोल गर्ने मामिलामा रोनाल्डोले मोरक्कोका अब्देराजाक हमदल्लाहको रेकर्ड तोड़े। हमदल्लाहले २०१८-१९-को सीजनमा ३४ गोल गरेका थिए। रोनाल्डो दिसम्बर २०२२-मा यस लीगमा सामेल भएका थिए। उनी पुरुष अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक म्याच खेल्ने अनि सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्। रोनाल्डोले पोर्तुगलको तर्फबाट २०६ वटा म्याच खेलेर १२८ गोल गरिसकेका छन्।