छत्तीसगढका  वैद्यराज हेमचन्द मांझीद्वारा पद्मश्री पुरस्कार फिर्ता गर्ने घोषण

Baidhyaraj-Hamchand-Manjhi

छत्तीसगढका ‘वैद्यराज’ हेमचन्द मांझीले आफ्नो पद्मश्री पुरस्कार फिर्ता गर्ने घोषणा गरेका छन्। उनले यसको पछाडि नक्सलवादीबाट आएको धम्की रहेको बताए। वैद्यराजले आफ्नो अभ्यास बन्द गर्ने समेत बताएका छन्। हेमचन्द मांझीलाई गत महिना राष्ट्रपति भवनमा परम्परागत चिकित्सा क्षेत्रमा देशको चौथो सर्वोच्च नागरिक सम्मान प्रदान गरिएको थियो। नारायणपुर जिल्लाको चमेली र गौरदाण्ड गाउँमा निर्माणाधीन दुईवटा मोबाइल टावरमा आगजनी भएको छ। त्यहाँ हेमचन्द मांझीलाई धम्की दिएको ब्यानर र पर्चा फेला परेको पुलिसले जनाएको छ। उक्त पर्चामा मांझीले राष्ट्रपति द्रौपदी मुर्मुबाट पद्मश्री पुरस्कार पाएको तस्वीर राखिएको थियो। नारायणपुरको छोटाडोंगर क्षेत्रमा अमदाई उपत्यका फलामको आयोजना शुरु गर्न हेमचन्द मांझीले सहयोग गरेको र त्यसका लागि घुस लिएको नक्सलवादीको आरोप छ।

नक्सलवादीहरूले आरोप मात्र लगाएनन् तर हेमचन्दलाई गम्भीर परिणामको धम्की पनि दिए। राष्ट्रिय सञ्चारमाध्यमको समाचारअनुसार हेमचन्दले यी आरोपहरूलाई अस्वीकार गरेका छन्। मांझीले खानीसँग आफ्नो कुनै सरोकार नभएको गाउँवासीलाई बताइसकेको बताए  हेमचन्द मांझीले परिवारसँग कुरा गरेपछि अब अभ्यास बन्द गर्ने र पद्मश्री पनि फिर्ता गर्ने निर्णय गरेको बताउँछन्। हेमचन्द माँझीले भने, ‘म पद्मश्री पुरस्कार फिर्ता गर्छु। नक्सलवादीहरुले राष्ट्रपतिबाट पुरस्कार कसरी पायो भनेर सोधिरहेका छन्। मैले अवार्ड मागेको होइन, जनताको सेवाका लागि पाएको हो। म विभिन्न रोगहरू विशेष गरी क्यान्सरको लागि जडीबुटी औषधी दिन्छु। यसअघि मेरो भतिजा कोमल मांझीलाई नक्सलवादीले झुटो आरोपमा मारेका थिए। मेरो परिवार डरको छायामा बाँचिरहेको छ।‘ हेमचन्दका भतिजाको ९ दिसम्बर २०२३ मा हत्या भएको थियो। यसपछि हेमचन्दको परिवार नारायणपुर शहरमा बस्दै आएकाले उनीहरुलाई सुरक्षा दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement