जिल्लापालले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर गरे बैठक

n6122934981716827480243fc03cf146e01671e3be41f2928133f87f6ff166cc7a515bab6054aeb4c60f9ba.jpg

पाकिम: आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभा र ४ जूनमा सम्पन्न हुने लोकसभा चुनाउको मतगणना तयारीलाई लिएर पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले पाकिम जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर एक बैठक आयोजना गरे।

उक्त बैठकमा विशेष गरेर आगामी २ जूनमा हुने सिक्किम विधानसभा चुनाउको मतगणनामा पाकिम जिल्लाको विभिन्न स्थानबाट पार्टीका समर्थकहरूको उपस्थितिलाई लिएर जिल्लापालले जानकारी गराए।

यस बैठकमा मतगणनाको समयमा विभिन्न राजनीतिक दलका समर्थकहरूको निम्ति बस्ने व्यवस्थालाई लिएर लटरी ड्र गरियो, जसमा एसडीएफ पार्टीका समर्थकहरूको निम्ति डिकलिङ खेल मैदान, एसकेएम पार्टीको लागि आर्क एकाडेमी, सिटिजन एक्सन पार्टी र भारतीय जनता पार्टीको निम्ति पाकिम ट्याक्सी स्टयाण्ड छनौट भएको छ।

यस बैठकमा पाकिम जिल्लाका अतिरिक्त पुलिस अधिक्षक रिञ्जिङ छोपेल राई र चुनाउ प्रकोष्ठकी संयुक्त सचिव मेरिना राई लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement