गेजिङ जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति ११ वटा पोस्टल व्यालेट आज प्राप्त

गेजिङ: गेजिङ जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति आज ११ वटा पोस्टल व्यालेट आइपुगेको छ। आज प्राप्त भएको सबै पोस्टल व्यालेट राबदेञ्चीको जिल्ला प्रशासनिक केन्द्रमा निर्मित स्ट्रङ रूममा राखिएको छ।

गेजिङ जिल्लाको डाक घरबाट प्राप्त भएको ११ वटा पोस्टल व्यालेट जिल्ला चुनाउ अधिकारी अग्नि छेत्रीलाई विभिन्न राजनीतिक दलका प्रतिनिधि साथै जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरूको उपस्थितिमा सुम्पिएको जानकारी गराइएको छ।

उल्लेखनीय छ, गत १६ अप्रेलदेखि अहिलेसम्म गेजिङ जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति कूल १८१ वटा पोस्टल व्यालेट प्राप्त भइसकेको छ। भारतीय चुनाउ आयोगको निर्देश साथै नियम अनुसार प्राप्त भएको सबै पोस्टल व्यालेट नोडल अधिकारी, जिल्ला प्रशासनिक केन्द्रका अधिकारी साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा स्ट्रङ रूममा राख्दै कडा सुरक्षाबीच सील गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement