नाम्ची जिल्लाको निम्ति तीनवटा पोस्टल व्यालेट प्राप्त

n6122934921716826671583c5d10beff094a104fb8844f1be37fbd61fbfe714f9074bb2d000e138bae3fbc2.jpg

नाम्ची: नाम्ची जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति आज ११औं चरणमा तीनवटा पोस्टल व्यालेट आएको छ। आज नाम्ची जिल्लाको डाक घरबाट प्राप्त भएको तीनवटा पोस्टल व्यालेट नाम्ची जिल्लाका जिल्ला चुनाउ अधिकारी एवम् जिल्लापाललाई प्रदान गरियो।

पोस्टल ब्लाटेट सुम्पिने क्रममा नोडल अधिकारी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। आज प्राप्त भएको पोस्टल व्यालेट नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा स्थापित गरिएको स्ट्रङ रूममा राखिएको छ।

उल्लेखनीय छ, अहिलेसम्म नाम्ची जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति ३९४ वटा पोस्टल व्यालेट आइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement