गान्तोक: सिक्किम राज्यमा तैनाथ भारतीय सेना अन्तर्राष्ट्रिय योग दिवसको तयारीमा जुटेका छ। उल्लेखनीय छ, देश र देशवासीको सुरक्षामा तैनाथ सैनिकहरूको शारीरिक अनि मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर सेनाले योगको उपयोगितालाई सेनाले महत्व दिँदै आएको छ। यसै क्रममा यस वर्षको योग दिवसलाई भव्यतासित पालन गर्ने तयारीमा लागेको छ भारतीय सेना।
योग दिवसको तयारीको क्रममा आज भारती-चीन सिमानामा अवस्थित छाङ्गु १७ माइलमा सेनाका अधिकारी अनि जवानहरूले योग अभ्यास गरे। योगका विभिन्न आसन र त्यसको लाभबारे जवानहरूलाई जानकारी गराउँदै भारत सरकारको आयुष मन्त्रालयअधिनस्थत अल इण्डिया इन्स्टीट्यूट अफ् आयुर्वेदका प्रदिनिधिहरूले दिए जवानहरूलाई प्रशिक्षण। यस संस्थानले योग दिवसको अघिल्लो एक सय दिनमा यसरी नै ठाउँ-ठाउँमा गएर दिने गरेको छ योग अभ्यासको प्रशिक्षण
३० भन्दा अधिक सेनाका अधिकारी अनि जवान र करिब २० जना अल इण्डिया इन्स्टीट्यूट अफ् आयुर्वेदका प्रतिनिधिहरूले गरे हिमालयको काखमा योग अभ्यास। सेनाका जवनानहरूको शारीरिक साथै मानसिक स्वास्थ्यको निम्ति योग उपयोगी रहेको इन्स्टीट्यूटका प्रतिनिधि प्रोफेशर आनन्द मोरेले बताए।
प्रत्येक वर्ष २१ जूनको दिन पालन गरिन्छ अन्तर्राष्ट्रिय योग दिवस यस वर्ष योग दिवसको नारा नारी सशक्तिकरण रहको छ।