तुफानगञ्ज कलेजमा पत्रकारिता तथा जनसञ्चार विषयक गोष्ठी सम्पन्न

IMG-20240527-WA0277.jpg

कोचबिहार: तुफानगञ्ज कलेजको अंग्रेजी विभागले ‘पत्रकारिता तथा जनसञ्चार’ विषयमा गोष्ठी आयोजना गरेको छ। सोमबार भएको सेमिनारमा रेडियो कोचबिहारका स्टेशन डाइरेक्टर प्राणप्रतिम पाल र पत्रकार शिवशंकर सूत्रधरले विद्यार्थीलाई तालिम दिएका थिए। उनले पत्रकारिता कसरी गर्ने र पत्रकारिताका अन्य नियमहरूबारे विद्यार्थीहरूलाई जानकारी गराए।

यसका अलावा कोचबिहारमा पत्रकारिताको अध्ययन र भविष्यमा त्यहाँको रोजगारीको सम्भावनाबारे पनि छलफल भएको थियो। यस दिनको कार्यक्रममा करिब २०० विद्यार्थीले भाग लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement