कोचबिहार: कोचबिहार मेडिकल कलेजका अधिकारीहरूमाथि नानी परिवर्तनको आरोप लगाइएको छ। यो घटनाले निकै हलचल मच्चाएको छ। आरोपअनुसार, कोचबिहार ब्लक २ को न्यू कोचबिहार मदकपाडा इलाकेकी पायल शील नामक महिलालाई गर्भवती हुँदा मेडिकल कलेजको ‘मातृमाँ’मा भर्ती गरिएको थियोl आज बिहान ती महिलाले एक छोरालाई जन्म दिएको बताइएको छl तर लेकिन जब नानी आमालाई दिइन्छ, त्यति बेला परिवारलाई थाहा हुन्छ उनाली छोरी दिइयो। पायल शीलकी आमा अनिमा शीलले भनिन्, ‘छोरी पायल शीलको आज बिहान डेलिभरी भयो। डेलिभरी पछि सबैभन्द पहिला उनलाई छोरा देखाइयोl अस्पतालको रेकर्डमा छोरा छ। तर जब आमाको काखमा नानी दिएपछि छोरी दिएको देखियोl’ अनिमा शीलले बताएअनुसार डेलिभरी पछि उनले आफ्नो छोरीको छोरा देखिन्l तर उनलाई एउटा छोरी दिएको बताइन्l अनिमा शीलको आरोपअनुसार, उनकी छोरीको नानी बदली गरिएको छl कोचबिहार मेडिकल कलेजका एमएस भीपी राजीव प्रसादले भने, ‘यस सम्बन्धमा अहिलेसम्म कुनिया लिखित शिकायत दिएको छैनl’ यद्यपि, उनले सोधपुछको दौरान आज बिहान दुई वटा डेलिभरी भएको थियो, डेलिभरीमा दुई जना छोरी जन्मिएको छl अन्तिम डेलिभरी हिजो राति ११ बजे भएको थियोl यसकारण नानी बदली हुने कुनै सम्भावना छैनl यदि परिवारको तर्फबाट लिखित शिकायत दिए घटनाको जाँच गरिनेछl