सिलगढी: सूचनाको आधारमा कार्य गर्दै उत्तर बंगाल सीमाको सिलगढी सेक्टर अन्तर्गत १७६ बटालियन बीएसएफको एक विशेष मोबाइल जाँच टोलीले एनएस-३१ मा पुलिस टोल प्लाजा फुलबारी नजिकै एउटा ठूलो ट्रक कन्टेनरको संदिग्ध गति पत्ता लगायो। जुन महानन्द ब्यारेजबाट आउँदै थियो। ट्रकलाई बीएसएफले नियन्त्रणमा लिँदा ट्रकभित्र ठूलो संख्यामा भैँसी भेटियो। बीएसएफ जवानले कागजात मागेपछि कन्टेनरका चालक र परिचर फरार भए। यी भैँसीहरु अवैध रुपमा भारतबाट बंगलादेश तस्करीका लागि ओसारपसार हुने गरेको थियो। बीएसएफले कन्टेनर नियन्त्रणमा लिएर कन्टेनरबाट ३९ वटा भैँसी बरामद गरेको छ। अर्कोतर्फ कन्टेनरभित्र भैँसी चराउने दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेका दुई भारतीय नागरिक मोहम्मद सोनिल र बिहारका इश्लिहान रहेका छन्।










