गोर्खाल्याण्ड एक्टिभिस्ट समूहलाई तीनधारेमा स्वागत

IMG-20240527-WA0270.jpg

खरसाङ: गोर्खाल्याण्ड एक्टिभिस्ट समूहद्वारा तीनधारे क्षेत्रमा गोर्खाल्याण्ड बुझाउँदै पर्चा वितरण गरिएको समय तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन साथै अन्यले स्वागत जनाएका छन्। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहलाई तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठनको पदाधिकारीहरूद्वारा न्यानो स्वागत जनाउँदै वरिष्ठ नागरिक कल्याण संगठनको पदाधिकारीहरूद्वारा संगठनको भवनमा सानो स्वागत सभाको पनि आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त स्वागत सभामा तीनधारेमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको संयोजक किशोर प्रधान लगायत अन्यहरू उपस्थित सदस्यहरूलाई स्वागत जनाइएको थियो। यस अवसरमा वरिष्ठ नागरिक कल्याण संगठनको पक्षबाट गाँधी मोक्तान, दिपक प्रधान, बिमल दर्जी, सुरेशचन्द्र दर्नाल, पञ्चायत सदस्य योगराज प्रधान आदि उपस्थित रहेको गोर्खाल्याण्डको एक्टिभिस्ट समूहको सदस्य डीपी प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको सदस्यहरूले तीनधारे क्षेत्रमा पर्चाहरू वितरण गरिएको समय तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठनको पक्षबाट न्यानो स्वागत जनाउँदै सानो सभा बसी कुराकानी आदान प्रदान साथै छोटो छोटो वक्तव्यहरू राखिएको बताइएको छ। उनले यसरी तीनधारेमा समूहलाई न्यानो स्वागत जनाएकोमा आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement