खरसाङ: केही दिनदेखि चर्चाको विषय बनेका फेसबुक युजर रजत तामाङद्वारा अनुसुचित जाति विशेष गरी कामी अनि दमाई समुदायमाथि फेसबुक लाईभमार्फत गरिएको अभद्र टिप्पणी विरूद्ध आज खरसाङको गाडीधुरा विश्वकर्म समाजद्वारा गाडीधुरा पुलिस आउट पोस्टमा एफआईआर दर्ता गरेको जानकारी प्राप्त भएको छ। समाजको पक्षबाट सभापति नकुल विश्वकर्मको नेतृत्वमा गएका टोलीले एफआईआर दर्ता गराएपछि रजत तामाङले जुन भाषाको प्रयोग गरी समाजिक सञ्जालमा अनुसुचित जातिलाई टिप्पणी गरेको छ त्यो सहन योग्य नरहेको बताएका छन्। प्रतिनिधि टोलीमा समाजका महासचिव आनन्द विश्वकर्म, कोषाध्यक्ष मनोज विश्वकर्म, कार्यकारी सदस्य अनुप रामुदामु, सुमेर धमाला अनि बसन्त रसाईली उपस्थित रहेका थिए। उक्त एफआईआरपछि एक भिडियो जारी गर्दै अनुप रामुदामुले आफु प्रख्यात हुन र पैसा कमाउने सोँच लिएर समाजिक सञ्जालमा आएका रजत तामाङले जस्तो भाषाको प्रयोग गरेको छ त्यो सहने योग्य छैन र उनलाई प्रशासनले कडाभन्दा कडा सजाय दिएको हुनपर्छ भन्दै रजत नामक यो व्यक्तिले अनुसुचित जातिलाई त यसरी टिप्पणी गरे साथ-साथै हाम्रो चेलीबेटीहरूमाथि पनि शरम लाग्दो भाषा प्रयोग गरेकोमा गाडीधुरा विश्वकर्मा समाजको पक्षबाट घोर विरोधी जनाएको बताएका छन्। उनले अघि बताए कि कसैले पनि आफ्नो फाइदाको निम्ति कुनै पनि जाति वा समुदायमाथि यस किसिमको अभद्र टिप्पणी गर्न नहुने र यस्तो व्यक्तिमाथि प्रशासनले कडा भन्दा कडा कार्वाही गर्नुपर्ने बताएका छन्। उनले प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक लिँदै यसको चाडोभन्दा चाडो कार्वाही गर्नेछन् भनी आशा व्यक्त गरेका छन्।