प्राकृतिक आपदालाई लिएर सभासद श्याम शेर्पा र खरसाङ नगरपालिकामाझ सभा सम्पन्न

IMG-20240527-WA0242.jpg

खरसाङ: आज खरसाङ नगरपालिका कार्यालयमा खरसाङ २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पा नगरपालिका चेयरम्यान ब्रिगेन गुरुङ, नगरपालिकाकाे अभियन्ताहरुमाझ प्राकृतिक आपदा विषय लिएर एउटा जरुरी सभा बसिएको छ। यस सभामा आगामी दिनको वर्खा याममा पानी परेको बेला आउने विभिन्न समस्याहरु विषय चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै चक्रवात रेमान विषयमा पनि चर्चा गर्दै यसबाट हुन सक्ने क्षति र सावधानी विषयमा पनि चर्चा परिचर्चा गरिएको बताइएको छ। सभा विषय लिएर सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार अब बर्खायाम शुरु हुँदैछ र प्राकृतिक प्रकोप र आपदामा खरसाङ नगरपालिकाले के कस्तो तयारी गर्दैछ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार नगरपालिकाले आफ्नो तयारी शुरु गरिसकेको पाएको र हामीले पनि अब विभिन्न वार्डहरूमा रहेको नाला झोडाहरु यदि बन्द छन् भने खोल्ने सही समय रहेको कारण वर्खा याममा नाला झोडा बन्द छ भने पानी जताभावी बग्छ अनि पैह्रो जाने र गाउँ घरतिर पस्ने सम्भावना रहन्छ। उनले यसले धेरै क्षति गर्नु सक्छ साथै ज्यान मालकाे क्षति हुन् सक्छ। यसैले सबै सबै मिलेर विभागमा मात्रै भर नपरेर गाउँ घर मिलेर गाउँमा वार्डमा कही कतै नाला बन्द छ भने झोडा बुचिएकाे छ भने खोलाउने प्रयास गर्नु पर्नेछ र यदि सकेन भने विभागलाई जानकारी गराउनुपर्ने हुन्छ सबै मिलेर कार्य गरे भविष्यमा ठूलो क्षति हुन् देखि हामी जोगिनु सक्छौं भनी बताएका छन्। सभासद श्याम शेर्पाले फोहोर मैला झोडा नालामा विशेष पोलिथिनहरु नाला झोडामा फ्याँक्नु हुँदैन भन्दै आजको सभाले आउँदो दिनमा राम्रो कार्य हुने आशा राखेको छौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement