खरसाङ: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको तत्वावधानमा खरसाङ क्षेत्रका कामी दमाई सार्की सबै संगठनहरू एकजुट भएर युटुबर रजत तामाङ विरूध्द खरसाङ महकुमा शासक र खरसाङ पुलिस थानामा ज्ञापन दिइएको छ। युटुबर रजत तामाङले अनुसूचित जातिमाथि अभद्र व्यवहार गर्दै गाली गरेको साथै अनिसूचित जातिलाई आघात पुग्ने शब्द प्रयोग गरेको भन्दै उनी विरूध्द कानुनी कार्वाही गरिनु पर्ने मांगमा खरसाङ महकुमा शासकलाई र खरसाङ थानामा ज्ञापन दिइएको छ। उक्त ज्ञापन दिने कार्य अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सभापति कमल सिलवालको अगुवाईमा ज्ञापन दिइएको छ। यस क्रममा दमाई समाज खरसाङ महकुमा समितिको सभापति प्रकाश सेवा, कामी समाजबाट वरिष्ठ समाजसेवी एंव संगीत गुरु गोबिन्दसिंह घतानी, सार्की समाजबाट सचिव रवि तोलङ्गी, अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको पक्षबाट सभापति कमल सिलवाल, सचिव प्रणय रोका, महकुमा प्रचार प्रसार सचिव दिपेन सेवा लगायत अन्यहरू उपस्थित रहेका थिए।

उक्त ज्ञापन दिइएपछि पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङ महकुमा समितिको सभापति कमल सिलवाल। सचिव प्रणय रोका, सार्की समाजबाट सचिव रवि तोलङ्गी, कामी समाजबाट वरिष्ठ समाजसेवी एंव संगीत गुरु गोबिन्दसिंह घतानी आदिले विस्तृत जानकारी गराएका छन्। वक्ताहरूले ज्ञापनमा युटुबर रजत तामाङको व्यवहार र अनुसूचित जातिमाथिको अभद्र व्यवहार साथै आघात पुग्ने शब्द प्रयोग गरेकोमा घोर प्रतिवाद जनाएको अनि प्रशासनले झट्टै कानुनी कार्वाही गरिनु पर्ने मांग गरिएको जानकारी गराएका छन्।










