चक्रवात तुफान रेमालको बंगालमा असर

IMG-20240527-WA00512-1

कोलकाता: चक्रवाती तुफान रेमाल आइतबार राति ८.३० बजे पश्चिम बंगालको क्यानिङ र बंगलादेशको मोंगलामा प्रतिघण्टा १३५ किलोमिटरको गतिमा ल्याण्डफल भयो। ल्याण्डफल ४ घण्टासम्म चलेको थियो। यस अवधिमा ६० किलोमिटर प्रति घण्टाको गतिमा हावा चल्योl उत्तर र दक्षिण २४ परगना, पूर्वी मेदिनीपुर, दिघा, काकद्वीप, जयनगर, कोलकाता, हुगली र हावडाको तटीय क्षेत्रहरूमा वर्षा भयो। कोलकातामा सयभन्दा बढी रुख र बिजुलीका पोल ढलेका छन्। सडकहरु जलमग्न भए। कोलकाताको सुभाषचन्द्र बोस विमानस्थलमा २१ घण्टापछि उडान सेवा सुचारु भएको छ। तुफान आउनुअघि आइतबार बन्द गरिएको थियो। ३९४ उडान रद्द भएका छन्। कोलकातामा आइतबार बिहान ८:३० देखि सोमबार बिहान ५:३० बजेसम्म १४६ मिलिमिटर वर्षा भएको थियो। हल्दियामा ११० मिमी, तमलुकमा ७० मिमी र निमेथमा ७० मिमी वर्षा भएको थियो।

मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार शक्तिशाली चक्रवाती आँधी ‘रेमाल’ सोमबार बिहान कमजोर भएर चक्रवाती तुफानमा परिणत भयो। अहिले यो १३ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पूर्वतर्फ सर्दैछ। अर्थात् यसको प्रभाव बंगालसँगै त्रिपुरा, असम, मेघालय र सिक्किममा देखिनेछ। तर, त्यतिबेलासम्म यो कमजोर भइसकेको हुन्छ। आँधीका कारण पश्चिम बंगाल बाहेक ओडिशा, झारखण्ड र बिहारका केही क्षेत्रमा २७ र २८ मईमा वर्षा हुनेछ। केन्द्र सरकारले बंगालको तटीय क्षेत्रमा १४ एनडीआरएफ टोलीहरू तैनाथ गरेको थियो। ४ टोली तयारी अवस्थामा थिए। यसबाहेक जहाज र विमानसँगै सेना, नौसेना र तटरक्षक दल पनि आपतकालीन अवस्थाका लागि तयार थिए। बंगालको तटीय क्षेत्रबाट करिब १.१० लाख मानिसलाई सुरक्षित स्थानमा पठाइएको छ। इन्डिगो एयरलाइन्सले रामल आँधीका कारण बागडोग्रा, गुवाहाटी, डिब्रुगढ, जोरहाट, दिमापुर, इम्फाल, अगरतला, राँची र दुर्गापुरको उडान प्रभावित भएको जनाएको छ। यात्रुहरूले एयरपोर्ट जानु अघि उडान समय जाँच गर्नुपर्छ।  कोलकाताका मेयर फिरहाद हाकिमले अग्लो र जीर्ण भवनहरूमा बस्ने मानिसहरूलाई स्थानान्तरण गरिएको बताए। आँधीपछिको स्थितिसँग जुध्न १५ हजार मानिस परिचालन गरिएको छ। उखेलिएका रुखहरू तत्काल हटाउने काम भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement