सिलगढी: उत्तर बंगाल विश्वविद्यालयकी शोधार्थी विद्यार्थी बबिता दत्तको मृत्युको घटनालाई लिएर छ । अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) ले आन्दोलनमा ओर्लिएको छl यस घटनालाई लिएर एबीभीपीले प्रा० सिद्धार्थ शंकर लाहलाई पक्राउ गर्न माग गरेको छ। यसै सन्दर्भमा एबीभीपीले आज २४ घण्टाको विश्वविद्यालय बन्दको आह्वान गरेको छ। यसका साथै आज एबीभीपीले मतिगढा पुलिस चौकी अगाडि विरोध प्रदर्शन गरेर पक्राउ गर्न माग गरेको छ।

अर्कोतर्फ, उत्तर बंगाल विश्वविद्यालयका रजिस्ट्रारले यस विषयमा स्पष्टीकरण दिएका छन्। उनले सिद्धार्थशंकर लाहाको पक्राउमा विश्वविद्यालयले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारेका छन्। यस विषयमा विद्यार्थीका अभिभावकले गुनासो गरेपछि विश्वविद्यालय क्रियाशील भएर प्रा० सिद्धार्थ शंकर लाहाविरुद्ध इन्टरनल कम्प्लेन कमिटी (आईसीसी) मा उजुरी पठाइएको छ। रजिस्ट्रारले विश्वविद्यालयले प्राध्यापकलाई तत्काल सबै पदबाट बर्खास्त गरेको र यस विषयमा अनुसन्धान जारी रहेसम्म विश्वविद्यालयमा कुनै जिम्मेवारी वहन गर्न नसक्ने बताए। विश्वविद्यालयको लाइफ लङ लर्निङ एण्ड एक्सटेन्सन विभागका प्राध्यापक तथा प्रमुख डा. सिद्धार्थ शंकर लाहा अझै बेपत्ता छन्।