रुख ढलेर मोटरसाइकल चालक घाइते

IMG-20240527-WA0160.jpg

उत्तर दिनाजपुर: चक्रवात रेमलका कारण राज्यका केही जिल्लामा वर्षा भइरहेको छ ।रायगञ्जमा हावाहुरीको प्रभाव हुनुअघि नै रुख ढलेर दुर्घटना भएको छ। सोमबार रायगञ्जको तुलसीपाडा क्षेत्रमा जनस्वास्थ्य प्राविधिक विभागको रुख अचानक सडकमा ढलेको थियो। घटनामा एक मोटरसाइकल चालक घाइते भएका छन्। सम्बन्धित विभागलाई पटक–पटक आग्रह गर्दा पनि रुख काट्ने व्यवस्था नहुँदा यो दुर्घटना भएको स्थानीयवासीले बताएका छन्। बिजुलीको तार चुडिएको छ। यो दुर्घटनाको कारण ट्राफिक जामको अवस्था सिर्जना भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement