सिलगढी: पश्चिम बंगालमा गाई तस्करी रोकिएको छैन, विभिन्न ठाउँबाट गाई बरामद भइरहेका छन्। फेरि २६ वटा गाई बरामद भएका छन्। कन्टेनर ट्रकमा गाई तस्करी भइरहेको थियो। तर न्यू जलपाईगढी थानाको पुलिसले तस्करी हुनुअघि नै २६ वटा गाई बरामद गरेको छ। घटनामा ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ। उनको नाम निजामुद्दीन बताइएको छ। पुलिस स्रोतका अनुसार गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा नयाँ जलपाईगढी थानाको पुलिसले हिजो फुलबारी क्षेत्रमा सादा पोशाकमा छापा मारेर कन्टेनर ट्रकलाई रोकेको थियो। उक्त ट्रकको खोजी गर्दा २६ वटा गाई बरामद भएको थियो। ती गाईहरूलाई तस्करीका लागि असम लगिएको बताइएको छ। पुलिसले पक्राउ परेका व्यक्तिलाई सोमबार जलपाईगढी अदालतमा पेश गरेको थियो। पुलिसले पुगेर सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।