सिलगढी: उत्तर बंगाल विश्वविद्यालयमा एक सोधार्थी विद्यार्थीको मृत्यु घटनालाई लिएर एबीभीपीले विश्वविद्यालयमा आज २४ घण्टा बन्द आहवान गरेको छl एबीभीपीले आज बिहान विश्वविद्यालयको दुई नम्बर गेट बन्द गरेर वाच एण्ड वार्डमा ताला लगाएl विद्यार्थीको मृत्युको मामलामा एबीभीपीले एक जना प्राध्यापकलाई निष्कासित गर्न माग गरेको छl एबीभीपीले विभिन्न विभागहरू बन्द गरेको छ। गत १६ मईमा शिव मन्दिरको भाडाको घरबाट शोधार्थी विद्यार्थी बबिता दत्तको झुण्डिएको शव फेला परेको थियोl यस घटनालाई लिएर मृतकका भाईले हत्याको उजुरी दिएका थिए। मतिगढा पुलिस चौकीमा उजुरी परेको छl घटनाको पहिलो दिनदेखि एबीभीपीले कारबाही गर्न माग गर्दै आन्दोलन शुरु गरेको छ। दुई दिनअघि अनिश्चितकालीन हडतालमा गएपछि आज २४ घण्टा बन्दको आह्वान गरिएको छ।