मलेशिया मास्टर्समा सिन्धू उपविजेता

IMG-20240527-WA0121.jpg

कुआलालम्पुर: दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले मलेशिया मास्टर्स सुपर ५०० टुर्नामेण्टमा उपविजेताको रूपमा चित्त बुझाउनु पऱ्यो। आइतवार खेलिएको महिला एकलको फाइनलमा सिन्धूले विश्व ऱ्याङकिंगमा सातौं स्थानमा रहने चीनकी वांग झी यी विरुद्ध २१-१६, ५- २१, १६-२१-ले हारको सामना गर्नु पऱ्यो। भारतीय शट्लर सिन्धू निर्णायक गेममा एक समय ११-३-ले अघि रहे पनि अन्तमा पराजित भइन्। तीन गेमको फाइनल म्याच ७९ मिनटसम्म चल्यो। विश्व ऱ्याङकिंगमा १५औं स्थानमा रहने सिन्धूले यसअघि २०२२-मा सिंगापुर ओपनमा खिताब जितेका थिइन् जबकि गत वर्ष म्याड्रिड ओपनमा उपविजेता रहेकी थिइन्। खिताब जित्न नसके पनि फाइनलसम्मको यात्रामा प्रभावशाली प्रदर्शनले पेरिस ओलम्पिक अघि उनको आत्मविश्वास अवश्यै बढ़्नेछ। यो एक वर्षभन्दा अधिक समयमा कुनै बीडब्ल्यूएफ टूरमा उनको पहिलो फाइनल थियो। सिन्धूले फाइनलमा अधिकांश समय नै एशियन च्याम्पियन वांगमाथि दबाउ सृष्टि गरिन् तर निर्णायक गेममा ब्रेकपछि उनले लय गुमाइन् अनि चीनकी शट्लरले पनि असाधारण पुनरागमन गर्दै जीत हासिल गरिन्। सिन्धूले अब मंगलवारदेखि शुरु हुने सिंगापुर ओपन सुपर ७५० टुर्नामेण्टमा हिस्सा लिनेछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement