मईमा साढे ७० हजार नेपाली कामको खोजीमा ८९ देश पुगे

IMG-20240527-WA0073.jpg

झापा: मई महिनामा ७० हजार ६ सय ३७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार मईमा ६४ हजार १० पुरुष र ६ हजार ६ सय २७ महिला गरी ७० हजार ६ सय ३७ जना नेपाली बिदेसिएका छन्। मईमा ८९ वटा देशमा नेपाली वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ। मईमा औसतमा दैनिक २ हजार २ सय ७८ जना नेपाली बिदेसिएको विभागको तथ्यांकमा छ।

स्रोतका अनुसार मई महिनामा औसतमा गत महिनाको तुलनामा मईमा बढी युवा बिदेसिएका छन्। गत अप्रिलमा ७० हजार ९ सय ३३ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ। चालु आर्थिक वर्षको १० महिनामा ६ लाख २० हजारभन्दा बढी नेपाली १ सय २५ देश पुगेको विभागले जनाएको छ।

मईमा सबैभन्दा बढी नेपाली रोजगारीका लागि मलेसिया पुगेका छन्। यस महिना १६ हजार ९ सय ४९ जना मलेसिया पुगेको विभागको तथ्यांकमा छ। मलेसियापछि सबैभन्दा बढी कामदार यूएई गएका छन्। यूएई १६ हजार ५ सय १२ जना रोजगारीमा गएको विभागले जनाएको छ।
कतार जान ११ हजार १ सय ७ जना, साउदी अरब जान ११ हजार ६१ जना, कुवेत ३ हजार ३ सय ८६ जना, रोमानिया १ हजार ८४ जना, ओमान ५ सय ५२ जना, बेलायत २ सय ८९ जना, मरिसस६ सय ७ जना, क्रोएसिया १ हजार ८१ र साइप्रस ८ सय ४९ जना गएको विभागको तथ्यांकमा छ।

मईमा संस्थागत ८८ देशमा नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्। व्यक्तिगत श्रम स्वीकृति लिएर ७४ देशमा नेपाली युवा वैदेशिक रोजगारीका लागि पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement