पश्चिम नेपालको लोकप्रिय रारा तालमा दस हजारभन्दा बढी पर्यटक

IMG-20240527-WA0025.jpg

झापा: मुगुको रारा तालमा चालु आर्थिक वर्षको जुलाईदेखि अप्रिलअन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन्। रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार ४३ जना सार्क मुलुकबाट र १९५ जना अन्य मुलुकबाट गरी कुल १० हजार ५७९ पर्यटकले रारा भ्रमण गरेका हुन्।

गत वर्षको आर्थिक वर्षमा ११ हजार १९१ आन्तरिक र विदेशी पर्यटकले रारा भ्रमण गर्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताए।

गत वर्षको तुलना भन्दा यो आर्थिक वर्षमा पर्यटक बढ्दै गएको उनले जनाए। चालु आर्थिक वर्षको अप्रिलसम्म रारा आउने पर्यटकबाट सङ्कलन भएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरी निकुञ्जले ३० लाख ६३ हजार ७९१ रुपियाँ राजस्व सङ्कलन गरेको छ। राजस्वमध्ये २५ लाख ३० हजार पर्यटकबाट र बाँकी पाँच लाख ३३ हजार ७८१ दण्ड, जरिबाना, काठ दाउरालगायतबाट सङ्कलन भएको जानकारी सूचना अधिकारी धितालले दिए।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयको निर्देशिका अनुसार रारा भ्रमणमा आउने आन्तरिक पर्यटकले रारामा प्रवेश गरेबापत प्रतिव्यक्ति एक सय रुपियाँ, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र त्यसै गरी सार्क मुलुकबाहिरका पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले कार्यालयले प्रवेश शुल्क लिने गरेको छ।
यस्तै डुङ्गा चढ्ने प्रतिव्यक्ति पाँच सयका दरले शुल्क उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाँकी रहेको ८० प्रतिशतमा ४०–४० प्रतिशतका दरले डुङ्गा चालक र मध्यवर्ती क्षेत्र विकास समितिले लिने गरेका राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत राजु घिमिरेले बताए। मार्च, अप्रिल, सितम्बर र अक्टुबर महिनामा रारा अवलोकनका लागि उत्तम मानिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement