बंगालको खाडीमा शक्तिशाली चक्रवातले नेपालकाे पूर्वी भागमा दुई दिन असर गर्ने

IMG-20240527-WA0085.jpg

झापा: बंगालको खाडीमा उत्पन्न ‘रेमल’ नामक शक्तिशाली चक्रवातको सामान्य असर नेपालमा पनि पर्ने मौसमविद्ले बताएका छन्। रेमल नामकरण गरिएको बंगालको खाडीको सो चक्रपातबाट नेपालको पूर्वी क्षेत्रमा सामान्य असर पर्ने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाका मौसमविद् निरु महर्जनले जानकारी दिइन्। नेपालको सम्पूर्ण भूभागमा असर नपरे पनि यसको अप्रत्यक्ष रूपमा पूर्वी क्षेत्रमा असर पर्ने महर्जनले जानकारी दिइन्। उनले भनिन्– ‘सोमबार र मङ्गलवार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक तथा साधारणतया बदली रही कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको बर्सातको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका भूभाग तथा मधेश प्रदेशका भूभागहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। ’यो चक्रवातको असर मई २८ मंगलबारसम्म रहने मौसमविद् महर्जनले जानकारी दिइन्। मंगलबारसम्म देशको पूर्वी भागमा बादल लाग्ने, पानी पर्नेजस्ता हल्का असर देखिने जानकारी दिइन्। बंगालको खाडीमा यस्ता चक्रवातहरु निरन्तर रूपमा बन्ने र माथिल्लो भागमा जाने क्रम नियमित जस्तो भइरहने उल्लेख गरिन्। उनले भनिन्– ‘कतिपय चक्रवात नेपालको तर्फ आउने हुँदा त्यसको असर पर्छ भने कतिपय चक्रपात भने नआउने हुन्छ। चक्रवात जति माथि उचाइमा पुग्यो त्यसको असर नेपालमा पर्ने बढी सम्भावना हुन्छ, चक्रपातले उचाई लिएन भने त्यसको असर कम पर्ने हुन्छ।’ हाल देशमा भइरहेको बदली र वर्षा भने पश्चिमी वायुको प्रभावका कारण भइरहेको मौसमविद्हरूको भनाई छ। यो चक्रवातका कारण भारतको पश्चिम बंगाल, ओडिसा लगायतका क्षेत्रमा असर पुर्याउने जनाइएको छ ।भारतले कोलकोता विमानस्थलमा हिजो मई २६मा दिउँसोदेखि २१ घण्टासम्मका लागि हवाई सेवा बन्द गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement