कालचिनी – दलसिंहपाड़ाको डुवर्स युथ वेलफेयर अर्गनाईजेशनको पक्षबाट आज दलसिंहपाड़ास्थित दुर्गा मण्डपमा स्वेच्छा रक्तदान शिविर सम्पन्न भएको जानकारी सो अर्गनाईजेशनको आशीष छेत्रीले दिएका छन्। आज उक्त अवसरमा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिमा दलसिंहपाड़ा ग्राम पञ्चायतका उपप्रधान शम्भु जयसवाल एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

शिविरमा उपप्रधान शम्भू जयसवालले पनि आज आरम्भमा नै रक्तदान गरेको थियो। आज जम्मा 50 युनिट रक्त सङ्ग्रह गरेर अलिपुरद्वार ब्लड ब्याङ्कमा जमा गरिएको आयोजक कमिटीको पक्षबाट बताईएको छ।