ट्राफिक प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण

IMG-20240527-WA0088.jpg

झापा: ट्राफिक ब्यबस्थापनको सहजताका लागि ईटहरीमा रहेको अटो सिटि बजाज सोरुमका संचालक प्रदिप कुमार सन्थालियाले ट्राफिक पुलिसलाई ४ थान बिद्युतिय टेम्पो प्रदान गरेका छन। नेपाल पुलिस राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी परिसरमा कोशी प्रदेश पुलिस प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा ब्यबसायी एवं समाजसेवी सन्थालियाले ४ थान बिद्युतिय टेम्पो प्रमुख अतिथि खापुङलाई प्रदान गर्नु भएको हो। सो कार्यक्रममा प्रदेश पुलिस प्रमुख खापुङले सो बिद्युतिय टेम्पो ट्राफिक पुलिस प्रमुख एसपी सरोज पौडेललाई हस्तान्तरण गरे।कार्यक्रममा प्रमुख अतिथि खापुङले सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै सो बिद्युतिय सवारी साधनले ट्राफिक पुलिसलाई ट्राफिक व्यवस्थापन कार्यमा सहजता पुग्नुका साथै सो सवारी साधनको प्रयोग गरी सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु संचालन गरिने बताए। कार्यक्रममा समाजसेवी सन्थालियाले सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक पुलिसको काम कारवाहीमा सहजता तथा सवारी दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरोस भनि प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताए। उक्त कार्यक्रममा कोशी प्रदेशका एसएसपी जयराज सापकोटा, सुनसरी जिल्लाका पुलिस प्रमुख बिपिन रेग्मी लगायत ट्राफिक पुलिस कर्मचारीहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement