कालचिनी: मङ्गलबारमुस्लिम धर्मावलम्बीहरुको पवित्र चाढ़हरुमध्ये मुहर्रमको अवसरमा कालचिनी खण्डको विभिन्न ठाउँहरुबाट १४ वटा तजियाको झाँकी निकालियोl यस अवसरमा तजियाको झाँकी प्रदर्शनको समापन कालचिनी थाना मैदानमा लठीबाजी साथै तरवारबाजको प्रतियोगितासितै गरियो। उक्त अवसरमा कालचिनी लस्कर-ए-हुसैन काफिला कमिटीको निमन्त्रणामा धेरै अतिथिहरुको आगमन भएको थियो। तजियाको पुरस्कारको घोषणा समाचार लेखुञ्जेलसम्म गरिएको थिएन।








