हमासद्वारा इजरायलको तेल अवीवमा रकेटद्वारा हमला

attack-image-copy

हमासले इजरायलको तेल अवीवमा रकेट हमला गरेको जनाएको छ। विगत चार महिनामा हमासले इजरायलको एक भाग तेल अवीवमा रकेट हमला गरेको यो पहिलो पटक हो। इजरायली सेनाले गाजाको रफाहबाट आठ वटा रकेट हमला गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएको छ। इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ। इजरायलका प्रधानमन्त्री नेतन्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन्। हमासको सैन्य शाखा, इज्जेदिन अल-कसाम ब्रिगेड्सले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा इजरायलमा ठूला मिसाइलहरू आक्रमण गरेको बताएको छ। यसैबीच अमेरिकालगायत धेरै मानवीय संस्थाले रफाहमा भइरहेको सैन्य कारबाहीका कारण प्यालेस्टाइनीको ज्यान जोखिममा रहेको बताएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ। हमासले ७ अक्टोबरमा इजरायलमा आक्रमण गरेको थियो। हमासको आक्रमणमा १२०० जनाको मृत्यु भएको थियो। हमासका लडाकुहरूले पनि २५२ जनालाई बन्धक बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement