गर्मीको समय पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बन्दै शिवखोला

IMG-20240526-WA0301.jpg

दैनिक हजारौं संख्यामा पर्यटकहरूका आगमनले ट्राफिक जामको समस्या बेसी

खरसाङ: अहिलेको गर्मीको मौसममा पर्यटकहरूका लागि सबैभन्दा नजिक र रूचाएको स्थान बनेको छ शिवखोला। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोला अहिले सबैभन्दा बेसी पर्यटकहरू आउने पर्यटकीय स्थल बनेको छ। सिलगढीदेखि सबैभन्दा नजिक पर्ने हुनाले शिवखोला पर्यटकहरूका लागि पहिलो रोजाई बनेको छ। शिवखोला पहिलादेखि नै ग्रामीण पर्यटन व्यवसाय र धार्मिक पर्यटन स्थलको रूपमा विकसित हुँदै गईरहेको थियो भने वर्तमान गर्मीको समय झनै पर्यटकहरूका लागि शिवखोला पहिलो रोजाई मै बनेको छ। शिवखोला क्षेत्रमा दैनिक ३ देखि ४ हजार पर्यटकहरू आउने गरेको स्थानीयहरूले बताएका छन्। विशेष गरेर छुट्टीको दिन साथै शनिवार र आईतबारको दिन शिवखोलामा पर्यटकहरूको घुइँचो लाग्ने गरेका छन्। पर्यटकहरूका संख्या धेरै बढेर गएपछि स्थानीयहरूलाई रोजगारको अवसर पनि धेरै सिर्जना गरिहेको देखिएको छ। पर्यटकहरूको धेरै मात्रामा आगमनसितै स्थानीय युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गरिरहेका छन्। युवाहरू बाहिरतिर पयालन नभई यही आफ्नै स्थानमा केही कार्य गरेर जीविकोपार्जन गरिरहेका छन्। स्थानीय धेरै युवाहरूले दोकान खोलेर बस्नुको साथै बर्ड वाचरको रूपमा कार्य गर्दै रोजगार कमाई रहेका छन् भने दोकान पाटबाट दैनिक राम्रै कमाई पनि गरिरहेको जानकारी प्राप्त भएको छ।

यसको साथै दैनिक रूपमा आउने पर्यटकहरूका संख्या अनुसार ट्राफिक व्यवस्थापनको लागि पार्किङको कारणले पनि युवाहरूलाई रोजगारको अवसर सिर्जना गरिहेको देखिएको छ। शिवखोलामा विशेष गरेर गर्मीको मौसममा सिलगढी र वरिपरिका मानिसहरू खोलामा रमाईलो गर्नलाई धेरै मात्रामा पर्यटकहरू आईरहेका छन्। गर्मीमा खोला खेल्न विशेष गरी शिवखोला क्षेत्रमा रहेका महानदी खोला, चिप्ले खोला, शिवखोला सबैतिर पर्यटकहरूका बाक्लै उपस्थिति देखिएको छ। तर पर्यटकहरूको धेरै मात्रामा आगमनसितै धेरै समस्याहरू सिर्जना गरिहेको देखिएको छ। विशेष गरी बेसी पर्यटकहरू र गाडी, बाईक, स्कुटीहरूका कारणले ट्राफिक जामको समस्या धेरै मात्रामा देखिएको छ। आईतबार पनि धेरै पर्यटकहरूका आगमनले दिनभरि शिवखोला क्षेत्रमा ट्राफिक जामको समस्या देखा परेको थियो अनि जाम बेलुकीसम्मको समय लागेको थियो। पर्यटकहरूको संख्या दैनिक रूपमा बेसी भएपछि ट्राफिक व्यवस्थापन साथै खोला साथै वरिपरि सर सफाईको आवश्यकता पनि देखिएको छ। शिवखोलामा ट्राफिकको पार्किङ व्यवस्थापन साथै सर सफाई विषयमा स्थानीय निरेन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले पर्यटकहरूका लागि शिवखोलाको खेल मैदानमा रहेको ठूलो स्थानमा पार्किङको व्यवस्था गरिएको र पार्किङ व्यवस्था साथै पर्यटकहरूका आवश्यकतालाई हेरेर गाड़ी अनि बाइक र स्कुटी आदिबाट पार्किङको लागि केही शुल्क संकलन गरिएको बताएका छन्। यसबाट युवाहरूलाई आफ्नै ठाउँमा रोजगारको अवसर सिर्जना गरेकोले पलायन हुन नपर्ने बताएका छन्। उनले पर्यटकहरूका सुरक्षाको लागि पौड़ी खेल्ने ठाउँमा दुईजना खटाईएको साथै शिवखोला क्षेत्रको सर सफाईको लागि केही दिनमा टिम नै बोलाएर सर सफाई गरिने बताएका छन्। उनले जीटीएले रंगटङदेखि महल्दीरामसम्म पीडब्ल्युडीबाट सड़क राम्रो बनाइएकोले पर्यटकहरूलाई यहाँ आउन सुविधा भईरहेको र यहाँ आउनु सबैको आकर्षण रहेको बताएका छन्। त्यसरी नै शिवखोला ग्राम पञ्चायतको पञ्चायत समिति सदस्या अनिरा वाईबा तामाङले शिवखोलामा पर्यटन व्यवसाय निक्कै बढेर गएको साथै पर्यटकहरूको आगमनले स्थनीयहरूलाई रोजगारको अवसर सिर्जना गरिहेको बताउँदै अहिले पर्यटकहरू बेसी आउन थालेपछि अब भविष्यमा केही अप्रिय घटना नहोस् भनेर शिवखोला ग्राम पञ्चायत र स्थानीसहरूमाझ सभा गरेर पर्यटकहरूका लागि सठीक व्यवस्थापन गर्नलाई कार्य गरिने पनि बताएकी छन्। उनले पर्यटकहरूका संख्या बढ्दै गएको कारणले अहिले ट्राफिक जामको समस्या पनि देखा परिरहेको पनि बताएकी छन्।

पत्रकारहरूसित कुराकानी गर्दै स्थानीय युवाहरू सुजेन राई र अल्बर्ट लामाले शिवखोला क्षेत्रमा पर्यटकहरू दैनिक रूपमा धेरै आइरहेको कारणले रोजगारको अवसर यही सिर्जना भएको र आफुहरू काम गर्न बाहिर जानु नपरेको बताएका छन्। दुवैले बताए अनुसार शिवखोलामा पर्यटकहरूको घुइँचो लाग्ने भएको कारणले युवाहरूले साना साना दोकान पाटहरूबाट राम्रै कमाई भइरहेको र आफ्नै स्थानमा स्वरोजगारको बाटो खोलिएको बताएका छन्। यस क्रममा दैनिक आउने ३-४ हजार पर्यटकहरूका कारणले दोकानहरूबाट दैनिक २ हजारसम्म कमाई हुने बताएका छन्। शिवखोलामा पर्यटकहरूको आगमनमा उल्लेखनीय वृध्दि भए पनि अहिले खोलाको सर सफाई साथै ट्राफिक जामको समस्या समाधानको आवश्यकता रहेको स्थानीयहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement