भाजपा नेता बेपत्ता भएको भन्दै घरमै नजरबन्दको गरेको आरोप लगाए अभिजित गंगोपाध्यायले

Abhijit-Ganguly-copy-1

कोलकाता: चुनावको दिन बिहानैदेखि पूर्वी मिदनापुरमा अशान्तिका घटनाहरू भएको समाचार छ। यहाँका दुई केन्द्रहरू, कान्ठी र तमलुकमा धेरै अशान्तिको समाचार छl तमलुकबाट भाजपा उम्मेदवार अभिजीत गंगोपाध्याय यस्तो खबर पाएलगत्तै त्यहाँ पुगे। शनिबार साँझ भाजपा उम्मेदवार अभिजीत गंगोपाध्यायले मोयनामा भाजपा नेताको घरमा पुलिस खोजीको विरूद्ध प्रदर्शन गरे। उनले भाजपा नेतालाई पुलिसले घरमै नजरबन्दगरेको, र आधा घण्टाभित्र रिहा गर्नुपर्ने अन्यथा आयोगमा अति सक्रियताभएको आरोप लगाउने दाबी गरे। भाजपा संयोजक गौतम गुरुको घर तमलुक लोकसभाको मोयनाको वृन्दावन चोकमा छ। शनिबार बिहान मतदान गरेर घर फर्कने क्रममा उनी बेपत्ता भएको बताइएको छ। उनलाई धम्की आएको आरोप छ। यहाँ दिउँसो १ बजेदेखि पुलिसले उनीहरुको घर घेराबन्दी गरेको गौतम गुरुको परिवारको आरोप छ। यो खबर पाएलगत्तै अभिजित गंगोपाध्याय घटनास्थल पुगेर स्थानीय पुलिस चौकीका ओसीसँग कुरा गरे। उनले भाजपा नेताको घर किन घेरा हालेर महिला पुलिस ल्याइयो भन्ने प्रश्न गरेका छन्। भाजपा नेता बेपत्ता भएको विषयमा पुलिसले केही अनुसन्धान गर्नुपर्ने बताए पनि परिवारले सहयोग नगरेको बताएको छ। अभिजीत गंगोपाध्याय भाजपा नेताको घर नजिक रहेको मन्दिर नजिकै धरणामा बसेका थिए। पुलिसले आधा घण्टाभित्र गौतम गुरुको घर नछाडे निर्वाचन आयोगमा उजुरी दिने चेतावनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement