भक्तीनगर पुलिसको सहयोगमा एक व्यक्तिले आफ्नो हराएको घोडा फेला पार्न सफल

Screenshot_20240526_184522_Samsung-Internet.jpg

सिलगढी: सिलगढीको भक्तिनगर पुलिस स्टेशनको सहयोगमा एक व्यक्तिले आफ्नो हराएको घोडा फिर्ता पाएका छन्। आज बिहान भक्तिनगर पुलिस थाना क्षेत्रको डम्पिङ ग्राउन्डमा घोडा घुमिरहेको थियो ।पछि घोडा राय कोलोनी क्षेत्रमा आयो र चर्को गर्मीमा घोडा यता उता घुमिरहेको देखेर स्थानीयले घोडाको हेरचाह गरेका थिए। त्यसपछि भक्तिनगर पुलिस थानालाई खबर गरिएको थियो। खबर पाएलगत्तै पुलिस घटनास्थल पुगेको थियो। पछि घोडालाई पक्रेर थाना लगियो। त्यसैबेला घोडा मालिकले आफ्नो घोडालाई विभिन्न ठाउँमा खोजिरहेका थिए। सूचना पाएलगत्तै पुलिस थाना पुगेर सबै कानुनी प्रक्रिया पूरा गरी घोडालाई भक्तिनगर पुलिस थानाले बुझाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement