मणिपुरमा शान्ति स्थापना गर्न केन्द्रले काम गरिरहेको गृहमन्त्री अमित शाहको भनाइ  

Amit-Shah-copy

गुवाहाटी: केन्द्रीय गृहमन्त्री अमित शाहले भने, ‘सरकारले मणिपुरमा मेइती र कुकी समुदायहरू बीचको विश्वासको कमिलाई पूरा गर्न काम गरिरहेको छl यस क्षेत्रमा दिगो शान्ति स्थापना गर्ने लक्ष्य राखेको छ।‘ लोकसभा चुनाव सकिएपछि यो प्रक्रियालाई तीब्रता दिएर प्राथमिकता दिने गृहमन्त्री शाहले जोड दिए। शनिबार सञ्चारमाध्यमसँगको कुराकानीमा उनले शाहले मेइती र कुकी समुदायहरू बीचको द्वन्द्वको जातीय प्रकृतिलाई स्वीकार गरे र त्यस्ता मुद्दाहरूलाई बलद्वारा समाधान गर्न नसकिने कुरामा जोड दिए। ‘यो दंगा वा आतंकवादको मुद्दा होइन यो जातीय हिंसाको मुद्दा हो। यसलाई बल प्रयोग गरेर समाधान गर्न सकिँदैन। यो जातीय हिंसा हो’, उनले भने। मेइती र कुकी समुदायहरू बीचको संवादलाई प्रवर्द्धन गर्ने प्रयासलाई यस क्षेत्रको दिगो शान्ति र सद्भावको लागि महत्त्वपूर्ण कदमका रूपमा लिने उनले बताए।

About Author

Advertisement