सिलगढ़ी: मिलनमोड़ फूटबल एकाडमीको आयोजनमा सम्पन्न एकदिने गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा नक्सलबारी फूटबल एकाडमी च्याम्पियन भयो। शनिवार भएको टुर्नामेण्टको फाइनलमा नक्सलबारी एफए-ले आयोजक मिलनमोड़ फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको थियो। टुर्नामेण्टमा च्याम्पियन र रनरअप् बन्ने टीमलाई आकर्षक पुरस्कारहरू प्रदान गरियो। यसरी फेयर प्ले ट्रफी वूमन्स फूटबल एकाडमी (नक्सलबारी)-ले जित्यो।