मुम्बई: यी अभिनेत्रीहरूले आफ्नो उत्कृष्ट कामका लागि सबैभन्दा बढी राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन्। यसमा धेरै बलिउड अभिनेत्रीहरुको नाम र केहि दक्षिण भारतका अभिनेत्रीहरुको नाम पनि समावेश छ। दक्षिण भारतकी अभिनेत्री शारदाले ‘थुलाभरम’, ‘स्वयम्वरम’ र ‘निमजनम’ जस्ता तीनवटा फिल्मबाट राष्ट्रिय अवार्ड जितेकी छिन्। उनले तमिल र तेलुगु फिल्ममा काम गरेका छन्। दक्षिण भारतकी अभिनेत्री शोबनाले दुई पटक राष्ट्रिय फिल्म अवार्ड जितेकी छिन्। यो अवार्ड उनलाई ‘मित्र’ र ‘माई फ्रेन्ड’का लागि प्रदान गरिएको थियो जसमा उनको कामको निकै प्रशंसा भएको थियो। दक्षिण भारतकी अभिनेत्री केपीएसी ललिताले दुई पटक राष्ट्रिय चलचित्र अवार्ड जितेकी छिन्। ‘अमरम’ र ‘शान्तम’ जस्ता फिल्मका लागि उनलाई यो अवार्ड दिइएको हो। बलिउडकी अभिनेत्री पल्लवी जोशीले दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेकी छिन्। उनले ‘द तास्कन्द फाइल्स‘ र ‘द कश्मीर फाइल्स‘ जस्ता फिल्महरूका लागि उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड पाएकी छिन्।
बलिउड अभिनेत्री तब्बु ९० को दशकदेखि अहिलेसम्म फिल्ममा सक्रिय छिन्। उनले ‘माचिस’ र ‘चाँदनी बार’ जस्ता चलचित्रका लागि दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार जितेकी छन्। चर्चित बलिउड अभिनेत्री स्मिता पाटिल एक अद्भुत अभिनेत्री थिइन्। ‘भूमिका’ र ‘चक्र’ जस्ता चलचित्रबाट उनले दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार पाएकी छन्। बलिउडकी दिग्गज अभिनेत्री शबाना आजमीलाई ५ पटक राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ। उनले ‘अंकुर’, ‘अर्थ’, ‘पार’, ‘खंधार’ र ‘गडमदर’ जस्ता फिल्मका लागि यी अवार्डहरू पाएका छन्। बलिउडकी अहिलेकी चर्चित अभिनेत्री कंगना रनौतले चार पटक राष्ट्रिय चलचित्र पुरस्कार पाएकी छिन्। कंगनाले ‘क्वीन’, ‘तनु वेड्स मनु रिटर्न्स’, ‘पंगा’ र ‘मणिकर्णिका’ जस्ता फिल्मबाट अवार्ड पाएकी छिन्।