राजकोटमा आगलागी हुँदा २७ जनाको मृत्यु

5c5275a0-1ab7-11ef-80aa-699d54c46324

गुजरातको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। सो शहरका पुलिस कमिश्नर राजु भार्गवका अनुसार शनिबार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो। बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन्। आगलागीमा मृत्यु हुनेहरुको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ। शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ’, बीबीसीले लेखेको छ। शहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको संख्यामा दमकल परिचालन गरिएको थियो। अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको पुलिसले जनाएको छ। गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ। तर आधिकारिकरुपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन। त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement