जलपाईगढी: उत्तर बंगालमा चर्को गर्मीका बीच राहतको खबर आएको छ। चक्रवात रेमालको प्रभावका कारण जलपाईगढीका धेरै ठाउँमा छिटपुट वर्षा शुरु भएको छ। विगत दुई दिनदेखि अत्याधिक गर्मीका कारण सबैको अवस्था दयनीय भएकाले पानी पर्न थालेपछि सर्वसाधारणले राहतको सास फेरेका छन्। वर्षाका कारण सर्वसाधारणले राहतको सास फेरेका छन्l ‘

बंगालको खाडीमा आज चक्रवाती तूफान रामलले हलचल मच्चाउनेछ। हावाहुरीका कारण राज्यका धेरैजसो जिल्लामा छिटफुट र मध्यम वर्षा हुनेछ भने दक्षिण बंगाल छेउछाउका क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। यस रेमाल चक्रवाती आँधीको प्रभाव तीन दिनसम्म रहने बताइएको छ। चक्रवाती आँधी रेमाल बंगलादेश र गंगाको पश्चिम बंगालको तटमा पुग्नेछ। यस चक्रवातलाई ओमानले रेमाल नाम दिएको छ। यो कमजोर चक्रवात भएको हुनाले धेरै क्षति पुर्याउने सम्भावना भने छैन। न्यूज एसिया