टी२० वर्ल्ड कपमा हिस्सा लिन भारतीय खेलाड़ीहरूका पहिलो झुण्ड अमेरिका प्रस्थान

IMG-20240526-WA0123.jpg

मुम्बई: आईसीसी टी२० वर्ल्ड कपमा हिस्सा लिन कप्तान रोहित शर्मा, पेस बलर जसप्रीत बुमराह र नम्बर एक टी२० ब्याटर सूर्यकुमार यादवको साथमा भारतीय खेलाड़ीहरूका पहिलो झुण्डले अमेरिका प्रस्थान गऱ्यो। यस झुण्डमा कप्तान रोहित, बुमराह र सूर्यकुमारको साथमा मुख्य प्रशिक्षक राहुल द्रविड़, ब्याटिंग प्रशिक्षक विक्रम राठौड़, ब्याटर शुभमन गिल, अलराउण्डर रविन्द्र जडेजा, शिवम दुबे, पेस बलर मोहम्मद सिराज, अर्शदीप सिंह, खलील अहमद, स्पिनर कुलदीप यादव र अक्षर पटेल सामेल थिए। खेलाड़ीहरूले एयरपोर्ट पुगेर फोटो सेशन पनि गराए। विकेटकीपर ब्याटर रिषभ पन्तले पनि फोटो सोशल मीडियामा शेयर गरेका छन्। अमेरिका जाने पहिलो झुण्डमा यशस्वी जयसवाल, सञ्जु सेमसन र युजवेन्द्र चहल सामेल थिएनन्, जसले सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच दोस्रो क्वालीफायर खेलेका थिए।

यसरी काेलकत्ता नाइट राइडर्सका रिंकू सिंहले पनि आईपीएल फाइनल खेल्नेछन्। यसरी यी सबै खेलाड़ीहरू स्टार ब्याटर विराट कोहलीको साथ आइतवार अमेरिका जानेछन्। आईसीसी टी२० वर्ल्ड कपमा भारतले आफ्नो अभियानको शुरुवात ५ जूनमा आयरल्याण्ड विरुद्ध न्यूयोर्कको नवनिर्मित नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियममा गर्नेछ। भारत र पाकिस्तानबीच म्याच चाहिँ ९ जूनमा हुनेछ। भारतको सह-आयोजक अमेरिका र कनाडा विरुद्ध म्याच क्रमशः १२ र १५ जूनमा रहेको छ। भारतले २००७-मा दक्षिण अफ्रिकामा भएको टी२० वर्ल्ड कपको उद्घाटन संस्करणमा महेन्द्र सिंह धोनीको कप्तानीमा खिताब जितेको थियो। त्यसपछि चाहिँ भारतले टी२० वर्ल्ड कपमा ट्रफी जित्न सकेको छैन।

टी२० वर्ल्ड कपको निम्ति भारतीय टीमः
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, रिषभ पन्त (विकेटकीपर), सञ्जु सेमसन (विकेटकीपर), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रीत बुमराह, मोहम्मद सिराज।
रिजर्वः शुभमन गिल, रिंकू सिंह, खलील अहमद, अवेश खान

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement