झापा: झापाको कमल गाउँपालिकामा दोश्रो अन्तरपालिकास्तरिय दोश्रो उपाध्यक्ष कप भलिवल प्रतियोगिता २०२४ सम्पन्न भएको छ।
शनिबार सम्पन्न सो प्रतियोगिताको उपाधि भद्रपुरले जितेको छ। कमल -५ मंगलवारेस्थित सगुन युवा क्लवको खेल मैदानमा सञ्चालित प्रतियोगिताको सम्पन्न फाइनल खेलमा भद्रपुरले कन्काई नगरपालिकाको भलिवल टिमलाई २५–२१, १७–२५, २५–२१ र २५–११ अंकको अन्तरले पराििजत गर्दै उपाधि चुम्न सफल भएको हो।
प्रतियोगिताका विजेता बनेको भद्रपुरले उपाधि संगै नगद १ लाख १ हजार, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरयो भने उपविजेता हुने कनकाईले नगद ५१ हजारसहित ट्रफि तथा प्रमाणपत्रमा चित्त बुझाउनु परेको थियो।
यसैगरि ,विधागत तर्फ बेस्ट ब्लकरमा भद्रपुरका अभिषेक कामत, बेस्ट सर्भरका रुपमा कनकाईका अनिस निरौला, बेस्ट डिफेन्समा भद्रपुरका राहुल राजबंशी ,बेस्ट सटरमा भद्रपुरकै राहुल गुप्ता, बेस्ट स्पाईकरमा कनकाइका अमृत मल्ल ठकुरी र मेन अफ द सिरिजबाट भद्रपुरकै भरत यादव पुरस्कृत भएका प्रतियोगिता संयोजक सुदिप थुलुङले बताए।
कमल गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा गत मई २३ देखि २५ सम्म आयोजना भएको सो प्रतियोगितामा झापा र मोरङका १० वटा पालिकाले भाग लिएको थियो।
खेलकुद विकास समितिका अध्यक्ष सन्तकुमार मगरको अध्यक्षता तथा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापनमा पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने ,प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतले पुरस्कारबितरण गरेl










