भोजपुरमा भरुवा बन्दुक प्रहार गरी हत्या

IMG-20240526-WA0117.jpg

झापा: भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका -४ नागीका ६५ वर्षीय मणिप्रसाद राईलाई पुलिसले पक्राउ गरेको छ। शुक्रबार बेलुका साढे ६ बजे बाख्राले बाली खाएको विषयमा विवाद हुँदा उनले छिमेकी ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेका हुन्। बन्दुक प्रहारले राजकुमारको घटनास्थलमै मृत्यु भएको पुलिसले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका पुलिस कार्यालय दिल्पाबाट खटिएको पुलिस टोलीले राईलाई घटनामा प्रयोग भएको भरुवा भन्दुकसहित नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा जिल्ला पुलिस कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला पुलिस कार्यालय भोजपुरका इन्सपेक्टर बिशाल लिम्बुले बताए।

About Author

Advertisement