झापा: नेपाल भारत सहयोग अन्तर्गत भारत सरकारले नेपाली रुपैया २.८७ करोड़को आर्थिक सहयोगमा निर्माण भएको लमही नगर पालिका दाङमा वाल जनता माध्यमिक बिद्यालयको भवनको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री रत्न बहादुर खत्री, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, लमही नगर पालिकाका मेयर जोगराज चौधरी र भारतीय दुतावासका प्रथम सचिव अबिनाश कुमार सिंहले एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गरेl यस्तै, नेपाल भारत बिकास सहयोग अन्तर्गत घोराही उप महानगर पालिका स्थित पदमोदय पब्लिक मुना माध्यमिक बिद्यालयको दुई तल्ले भवनलाई रुपैया २.८७ करोड़को आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको छl सो भवनको उद्घाटन जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, घोराही उप महानगर पालिकाका मेयर नरुलाल चौधरी र भारतीय दुतावासका प्रथम सचिव अबिनाश कुमार सिंह ब्दारा संयुक्त रुपमा उद्घाटन गरेका छनl

कार्यक्रममा राजनितिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्त, बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधि अभिभावक,, शिक्षक र बिद्यार्थीहरुको उपस्थिति थियोl नजिकको छिमेकी भएको कारण भारत र नेपालका बीच ब्यापार र बहु क्षेत्रीय सहयोग रहेको छl यस परियोजनाको कार्यान्वयनले पनि यस तथ्यलाई पुष्टि गर्दछl भारत सरकार नेपाली जनताको बिकास र प्राथमिकताको क्षेत्रमा बिशेषत शैक्षिक क्षेत्रमा नयाँ उचाईमा बिकासलाई बिस्तार गर्न भारत सरकार नेपाल सरकार संग हातेमालो गर्न चाहेको प्रतीत हुन्छl











