सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिँदै

IMG-20240520-WA0029.jpg

झापा: सरकारले सगरमाथा दिवसको अवसर पारेर सगरमाथाको सफल आरोहण गर्ने आरोहीलाई पर्यटक प्रवर्द्धक नियुक्त गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना प्रकाशित गर्दै यस बिषयमा जानकारी गराएको छ। स्रोतका अनुसार ७१औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस (२९ मई) का दिन आरोहीहरूलाई पर्यटक प्रवर्द्धक नियुक्त गर्ने तयारी गरिएको हो।

पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि-२०२३ अनुसार १२७ फरबरी २०२३ का दिन नियुक्त भएका देश/प्रान्त/सहरमा बाहेक अन्य स्थानमा पर्यटन प्रवर्द्धक नियुक्त गरिने समेत मन्त्रालयले जनाएको छ। मन्त्रालयले सर्त तोक्दै सो सर्त पूरा भएका आरोहीबाट आवेदन समेत मागेको छ।

मन्त्रालयका अनुसार २१ वर्ष पूरा भएको नेपाली वा गैरआवासीय नेपाली र विदेशी नागरिकले समेत यसका लागि आवेदन दिन सक्ने छन्। पर्यटनसम्बन्धी व्यापार, पेसामा कम्तीमा ७ वर्षदेखि आवद्ध भएर ख्याती प्राप्त गरेको हुनुपर्ने समेत सर्त राखिएको छ।

नैतिक पतन हुने गरी फौजदारी अभियोगमा सजाय नपाएको र कुनै देशमा शरणार्थीको रुपमा नरहेको हुनुपर्ने समेत विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement