पाकिस्तानले टी२० वर्ल्ड कपको फाइनलमा स्थान बनाउने अफरीदीको दावी

IMG-20240526-WA0002.jpg

दुबई: पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउण्डर शाहिद अफरीदीले बाबर आजमको कप्तानीमा रहने टीमले टी२० वर्ल्ड कपको फाइनलमा स्थान बनाउने दावी गरेका छन्। पाकिस्तानले २००९-मा यूनिस खानको कप्तानीमा एकपल्ट टी२० वर्ल्ड कप जितेको थियो। यसबाहेक पाकिस्तानले २००७ र २०२२-मा पनि टुर्नामेण्टको फाइनलमा स्थान बनाएको थियो। अफरीदीले भने, टीम चाँड़ै फर्ममा फर्किने मलाई थाहा छ। पेस बलिंगको कुरा गर्दा हामीसँग असाधारण आक्रमण रहेको छ। मेरो विचारमा पाकिस्तानले फाइनलमा स्थान बनाउनेछ कारण परिस्थितिहरू(अमेरिका र वेष्ट इण्डिजमा) हाम्रो टीमको अनुकूल रहनेछ। हाम्रा स्पिनरहरू पनि असाधारण छन्। अहिले उनीहरू फर्ममा नहुन सक्छन् तर यस टीममा फाइनल खेल्ने क्षमता छ। शाहीन शाह अफरीदी, नसीम शाह, हारिस रऊफ, अब्बास अफरीदी र मोहम्मद आमिरको साथमा पाकिस्तानको पेस आक्रमण स्तरीय छ। कुनै पनि क्रिकेट टीमसँग पाकिस्तान जस्तो मजबूत बलिंग आक्रमण छैन । यसको साथमौ अफरीदीले टीमको ब्याटरहरूका स्ट्राईक रेटलाई लिएर चिन्ता व्यक्त गरेका छन्। उनले भने, ब्याटरहरूका स्ट्राईक रेटमा चाहिँ सुधार जरूरी छ। विशेषगरी ७-देखि १३ ओभरबीच तेज रन बनाउनु जरूरी छ। त्यस चरणमा खेलाड़ीहरूका स्ट्राईक रेटमा सुधार आउने आशा गरेको छु। टीमको प्रत्येक खेलाड़ी महत्त्वपूर्ण छन्। यस मामिलामा म बाबर आजमलाई सामान्य अघि राख्नेछु कारण उनी कप्तान हुन्। म बाबरको कुशल कप्तानीमा टीमले ट्रफी जितेको हेर्न चाहन्छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement