अन्तिम चरणमा थकान हावी भयोः संगकारा

IMG-20240526-WA0001.jpg

चेन्नई: राजस्थान रोयल्सका क्रिकेट निदेशक कुमार संगकाराले आईपीएलको वर्तमान सीजनको अन्तिम चरणमा उनका खेलाड़ीहरूमाथि थकान हावी भएको अनि यसले गर्दा नै उनीहरूले जीतको फर्म गुमाएको बताए। जारी सीजनको पहिलो ९-मा ८ वटा म्याच जित्ने रोयल्सलाई शीर्ष २ मा स्थान बनाउने प्रबल दावेदार मानिएको थियो तर पछिबाट लगातार ४ वटा हार अनि एउटा म्याच वर्षाले रद्द हुँदा टीम तेस्रो स्थानमा रहेर प्लेअफ्-मा पुगेको थियो। एलिमिनेटर म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु विरुद्ध पराजित भएपछि रोयल्सले क्वालीफायर २-मा शुक्रवार सनराइजर्स हैदराबाद विरुद्ध पनि हारको सामना गर्नु पऱ्यो। संगकाराले भने, यो हाम्रो निम्ति असल सीजन थियो। हामीले शुरुवात गरेका थियौं तर पछिबाट केही नजिकको म्याच गुमायौं। टी२० प्रारूपमा यस्तो हुन्छ। सबै खेलाड़ीहरूले पूरा सीजनमा असाधारण क्रिकेट खेले। अन्तिम चरणमा थकान हावी भयो। यस प्रारूपमा तपाईंले निरन्तर असल प्रदर्शन गर्नु पर्छ। सनराइजर्स विरुद्ध पनि लगातार विकेट गुमाउँदा परिस्थिति जटिल बन्यो। यसको साथमा संगकाराले टीमलाई ईंग्ल्याण्डका ब्याटर जोस बटलरको कमी अनुभव भएको बताए, जो आउँदो टी२० वर्ल्ड कपको तयारी गर्न स्वदेश फर्किएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement