भारतलाई छैटौं स्वर्ण पदक दिलाइन् सिमरनले

IMG-20240526-WA0000.jpg

कोबे (जापान): वर्ल्ड प्यारा एथलेटिक्स च्याम्पियनशीपमा शनिवार अन्तिम दिन दिल्लीकी सिमरन शर्माले महिलाहरूकी २०० मीटर टी१२ स्पर्धामा २४.९५ सेकेण्डको व्यक्तिगत सर्वश्रेष्ठ समय सहित भारतलाई छैटौं स्वर्ण पदक दिलाइन् । यसको साथै भारतले जम्मा १७ वटा पदकको साथ पदक तालिकामा छैटौं स्थान हासिल गऱ्यो। यसअघि सिमरनको सर्वश्रेष्ठ प्रदर्शन २५.१६ सेकेण्डको रहेको थियो। यस स्पर्धामा डोमिनिकाकी डारलेनिस डि ला सेवेरिनोले रजत र लोरेन गोम्स डि एगुइयारले काँस्य पदक जितिन्। टी१२ वर्गमा दृष्टिवाधित खेलाड़ीहरूले हिस्सा लिन्छन्। च्याम्पियनशीपमा भारतले ६ वटा स्वर्ण, ५ वटा रजत र ६ वटा काँस्यको साथमा १७ वटा पदक जित्यो। यसअघि गत वर्ष पेरिसमा भारतले ३ वटा स्वर्ण, ४ वटा रजत र ३ वटा काँस्यको साथ जम्मा १० वटा पदक जितेको थियो। चीन ३३ वटा स्वर्णको साथ जम्मा ८७ वटा पदक जितेर शीर्ष स्थानमा रह्यो। यसरी ब्राजील १९ वटा स्वर्ण पदकको साथ दोस्रो र उज्बेकिस्तान ७ वटा स्वर्ण पदकको साथ तेस्रो स्थानमा रह्यो। भारतको निम्ति सिमरन बाहेक दीप्ति जीवानजी, सचिन खिलारी, सुमित अन्तिल, थांगवेलु मरियप्पम र एकता भयनले पनि स्वर्ण पदक जिते। भारतले शनिवार दुईवटा काँस्य पदक पनि जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement