सिलगढी: आज सिलगढी जिल्ला अस्पतालको प्रसुती विभागको नवजात शिशुका आमाहरूलाई दुध तथा फल वितरण गरियो । सिलगढीको सूर्यसेन कलेजको एनएसएस युनिट २- को तर्फबाट वितरण गरिएको थियो। एनएसएस युनिटको तर्फबाट जाबराभिटाको मडेल मन्दिरको निर्माण गरेको छ भने उक्त मन्दिरमा आउने भक्तहरूले फल, दुध दिने गरेकोले ती फल तथा दुध आज सिलगढी अस्पतालका रोगीहरूलाई वितरण गरिएको हो। सिलगढी सूर्यसेन कलेजका एनएसएस युनिट २ का बबीता प्रसादले बताए अनुसार समाज सेवा गर्नु आफूहरूको मूल उद्देश्य रहेको छ। मडेल मन्दिर निर्माण गर्नुको मूल उद्देश्य मानिसहरू समक्ष रहेर तिनीहरूको सेवा गर्नु हो।










