‘तारा: द लस्ट स्टार’; चयनित हुनु भनेको सिक्किमको निम्ति गर्वको विषय: श्यामाश्री शेर्पा

IMG-20240525-WA0270.jpg

गान्तोक: अभिनेत्री एवं साडा प्रोडक्सनकी संस्थापक श्यामाश्री शेर्पा कान्स फिल्म फेस्टिभलमा सहभागी बनेर फर्किआएकी छन्। उनको प्रोडक्सन हाउसद्वारा निर्मित ‘तारा: द लस्ट स्टार’ कान्स फिल्म फेस्टिभलको निम्ति चयनित भएको थियो।

अभिनेत्री शेर्पाले विश्वकै सर्वाधिक लोकप्रिय कान्स फिल्म फेस्टिभलको निम्ति ‘तारा: द लस्ट स्टार; चयनित हुनु भनेको सिक्किमको निम्ति गर्वको विषय रहेको बताइन्। उनले सानो बजेटमा बनाइएको फिल्म विश्वस्तरको मञ्चमा प्रदर्शित भएको बताइन्। राम्रो कर्म र सोचका साथ तयार गरिएको फिल्म भएकाले भगवानबाट पनि कृपादृष्टि भएको उनले बताइन्।

उनले कान्स फिल्म फेस्टिभलमा रेड कारपेटमा हिड्ने मौका पाउनुका साथै धेरै कुरा सिक्ने मौका पाएको बताइन्। उनले त्यहॉं कार्यशालामा भाग लिने अवसर पाएको बताउॅंदै आफुले सिकेका कुराहरू यहॉं पनि बताउने बताइन्। उनले फिल्मका निर्देशक साम्तेन भोटियाको कार्यको पनि सराहना गरिन्।

उनले यो फिल्म भारत र नेपालका थिएटरहरूमा चॉंडै प्रदर्शनमा ल्याउन पहल भइरहेको जानकारी गराइन्। उनले फिल्ममा सिक्किमलगायत नेपाल र दार्जीलिङका कलाकारहरूले पनि अभिनय गरेको बताइन्। उनले कान्समा फिल्मले राम्रो प्रतिक्रिया पाएको बताउॅंदै यहॉंका दर्शकहरूबाट पनि राम्रो प्रतिक्रियाको अपेक्षा गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement